Advertisement
SKIP THIS
सामुदायिक बिकास केन्द्र र सामुदायिक विकास मञ्चकाे संयुक्त अनुगमन पुर्विचाैकिमा

डाेटि:गुड नेवर्स इन्टरनेट नेपालको आर्थिक तथा प्राविधिक  सहयोगमा सामुदायिक विकास केन्द्र र सामुदायिक विकास मञ्च डोटीद्वारा सञ्चालित विभिन्न परियाेजनाले पुर्विचाैकि गाउँपालिकाका वडा नम्बर ५ काडामान्डाै र वडा नम्वर ७ पाेखरिमा गरेका विभिन्न क्रियाकलापकाे  संयुक्त रूपमा अनुगमन गरिएको हाे ।

संस्थाले १ बर्षमा शिक्षामा गरेका विभिन्न क्रियाकलाप,आयआर्जन लगायत स्वास्थ्य क्षेत्रमामा सञ्चालित क्रियाकलापको संयुक्त रूपमा अनुगमन गरिएको हो ।

अनुगमनमा जिल्ला समन्वय समिति डोटीका उप-प्रमुख शशी सोप,गुड नेवर्स इन्टरनेसनल नेपाल जिल्ला संयाेजक रन्जित चाैधरि ,पुर्विचौकी गाउँपालिकाका विषयगत शाखा शिक्षा र भेटनरि शाखाका प्रमुख प्रतिनिधि, गैरसरकारी संस्थाका अध्यक्ष रघु काठायत , पत्रकार महासंघका  जिल्ला सदस्य विक्रम वहादुर खड्का, सामुदायिक विकास केन्द्र अन्तर्गत शिक्षा विकास अधिकृत एक राज वडु ,सामुदायिक विकास मञ्चका अध्यक्ष खडक शर्मा,जिपिकाेपार्जन संयाेजक दिपेन्द्र खड्का लगायतले संयुक्त रूपमा अनुगमन गरेको हाे।

कार्यक्रम लागु भएपछि आफ्नो जिवनस्तरमा फरक आयकाे कार्यक्रमका सहभागि स्थानिय काे भनाइ रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया