निराकरण सम्वाददाता अछाम :अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले आफ्नो प्रमुख दायित्व शान्ति सुरक्षा प्रदान सहित समाजमा हुने अपराधलाई न्युनिकरण र भष्ट्रचारलाई न्युनिकरण गर्नु भएको बताएका छन् ।

मंगलबार अछाम जिल्लामा क्रियाशील पत्रकारहरु सँग जिल्लाको शान्ति सुरक्षा सहित जिल्लाको अन्य गतिविधि बारेमा जानकारी लिदै प्रमुख जिल्ला अधिकारी मरासेनीले सो कुरा बताए ।
अछाम जिल्लामा भर्खरै सुरूवा भई आएकोले धेरै जानकारी नभएको हुदाँ प्रमुख जिल्ला अधिकारी मरासेनीले कोही प्रमुख जिल्ला अधिकारी सेलिब्रेटी त कोही नामको लागि काम गर्ने गरेको बताउदै आफू यस जिल्ला बासीको हितमा काम गर्ने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको अधिकार समेत जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हुदाँ भष्ट्रचार ,बिकास निर्माणमा हुने गुणस्तरीय हिन कार्य रोक्नमा लागि पत्रकारहरुको सकारात्मक सहयोगको अपेक्षा राखेको बताए । जिल्लामा भईरहेका बिकास निर्माणको कार्यमा ढिला सुस्ति भएको भन्दै पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी मरासिनीको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ अछामका अध्यक्ष खम्म सिहं खत्रीले पत्रकारहरुले आफु र जिल्लाका पत्रकारहरु सदैव सकारात्मक कार्यको पक्षमा रहेको बताए ।
पत्रकारलाई मात्र सुचना चाहिएको हुदाँ प्रमुख जिल्ला अधिकारले आफु र आफ्नो मातहतका कार्यलयलाई समेत सुचनामैत्री बनाउन सहजिकरण गरिदिन आग्रह गरेका थिए ।
पत्रकारले सदैव सकारात्मक कार्यको पक्षमा रहेको बताउदै सकारात्मक कार्यमा सदैव सहयोग रहने तर कानु बिपरित गरेको खण्डमा कुनै सहयोग नरहने बताए ।










