निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन पौष २७ गतेका लागि तय भएको छ।
सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गतेका लागि मिति तोकेको हो।
यो सँगै जिल्ला अधिबेशन हुन बाकी रहेका अन्य १५ जिल्लाको समेत जिल्ला अधिबेशन गर्नको लागि पौष २७ गतेको मिति तय गरेको ।
अछाम सहित कैलाली बाके,सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, र नवलपुरको अधिवेशन हुन बाँकी छ।










