Advertisement
SKIP THIS
लायन्स क्लब अफ धनगढीद्वारा डोटीमा न्यानो कम्मल वितरण   

डोटी :दिपायल सिलगढी नगरपालिका वडानम्वर ४ का ८० जनालाई न्यानो कम्मल वितरण गरिएको छ । लायन्स क्लब अफ धनगढीको आयोजनामा नेपाली कांग्रेस डाेटीका उप–सभापति वीजय खड्काको अनुरोध तथा नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मण खड्काको सहयोगमा न्यानु कम्मल वितरण गरिएको हो ।

नगरका वृद्ध, वृद्धा, अपाङ्ग, एकल महिला लगायत विपन्न परिवारका सदस्यहरुलाई प्रति व्यक्ति एउटा कम्मल वितरण गरिएको हो । जाडाेको समयमा वितरण गरिएका न्यानो कम्मलले गरिव तथा विपन्न, असआय व्यक्तिहरुलाई ठुलो राहत पुगेको कांग्रेस वडा सभापति बहादुर सिं कठायतले बताए ।

जाडोमा विपन्नको जीवन झन् कष्टकर हुने भएकाले न्यायो कम्मल उपलब्ध गराईएको कांग्रेस उप–सभापति खड्काले बताए । ‘प्रति व्यक्ति एउटा कम्मल खासै ठुलो सहयोग त होईन उनले भने,‘यहाँका जनताहरुको अवस्थाका बारेमा जानकारी हुन्छ, भेटघाट पनि हुन्छ भनेर काेसेली स्वरुप न्यानो कम्मल ल्याएर वितरण गरिएका हौं ।’

कम्मल वितरण कार्यक्रमलाई आयोजना गर्ने लायन्स क्लब अफ धनगढी र सहयोग गर्ने प्रदेश महाधिवेशन प्रतिनिधि खड्कालाई धन्यवाद दिदै उप–सभापति खड्काले नगरका अन्य वडाहरुमा पनि कम्मल वितरण गरिने बताए ।

डोटी लगायत देशै भर अन्य वर्षको तुलनामा अत्याधिक चिसो बढेको छ । न्यानो कम्मलले असहाय व्यक्तिहरुलाई राहत पुग्ने स्थानीय योगेन्द्र कठायतले बताए ।

तपाईको प्रतिक्रिया