Advertisement
SKIP THIS
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागी सहयोग

डोटी:नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश सदस्य बन्दना बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेकि छन् ।

नेपाल प्रेस युनियन प्रदेश प्रतिनिधि समेत रहेकि बमले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि पाँच हजार एक सय पचपन्न रुपैयाँ नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमलाई चेक हस्तान्तरण गर्दै घोषणा गरेकि हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न पत्रकार, सामाजिक क्षेत्रमा ब्यक्ती र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि तीन लाख रकम घोषणा भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।

लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको बमले बताइन् । प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

तपाईको प्रतिक्रिया