Advertisement
SKIP THIS
६१ बर्ष पछि अछामबाट कांग्रेसको केन्द्रीय समितीमा भयो प्रतिनीधित्व ,केन्दीय सदस्यमा गोबिन्द्र शाह, को हुन गोबिन्द्र शाह

निराकरण सम्वाददाता अछाम:अछाम नेपाली कांग्रेस अछामको इतिहासमा ६१ बर्ष पछि पहिलो पटक केन्द्रीय सदस्यमा गोबिन्द्र शाह निर्वाचित भएका छन् । पुर्व सूचना तथा राज्य मन्त्री समेत रहेका गोबिन्द्र शाह अछाम कांग्रेसको इतिहासमा ६१ बर्ष पछि अछामबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

२०१७ सालमा नेपाली कांग्रेसको ७ औं महाधिबेशनबाट अछामबाट दिल बहादुर बुढ्थापा पहिलो केन्द्रिय सदस्य भएका थिए । त्यस पछिका कुनै पनि महाधिबेशबाट अछाम कांग्रेसबाट कुनै पनी केन्द्रीय समितीमा पर्न सकेका थिएन । अछाम क्षेत्र नं १ बाट महाधिबेशन प्रतिनीधी निवार्चीत भएका पुर्ब राज्य मन्त्री समेत भएका गोबिन्द्र शाह भने ६१ बर्षको खडेरी तोड्दै नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा खस आर्य तर्फबाट केन्दीय सदस्यमा निवार्चीत भएका हुन ।

गोबिन्द्र शाहको राजनितीक यात्रा

२०३३ स्व बिपी कोईरालाको राष्ट्रिय मेलमिलाप नितीबाट प्रभावित हुदैँ
२०३५ सालबाट नेपाल बिद्यार्थी संघबाट राजनिती प्रारम्भ
२०३६ सालमा सालमा स्वतन्त्र बिद्यार्थी युनीयन सभापती उम्मेदवार डोटी बहुमुखी क्याम्पस
२०३७ सालमा स्वतन्त्र बिद्यार्थी युनीयन सभापती डोटी बहुमुखी क्याम्पस
२०३८ सालमा पुनह स्वतन्त्र बिद्यार्थी युनीयन सभापती डोटी बहुमुखी क्याम्पस निर्बीरोध निवार्चीत
२०४१ सालमा त्रिभुवन बिश्वबिद्यालयको स्वतन्त्र बिद्यार्थी युनीयन स्ववीयु सदस्य
२०४३ सालमा त्रिभुवन बिश्वबिद्यालयको स्वतन्त्र बिद्यार्थी युनीयन स्ववीयु उप सभापती
२०४४ देखि ०४८ सम्म नेपाल बिधार्थी संघको केन्द्रीय सदस्य
२०४६ सालको जनआन्दोल परिचानल कमीटीमा नेपाल बिधार्थी संघको केन्द्रीय सदस्य
२०४८ सालमा अछाम क्षेत्र नं २ बाट प्रतिनीधी सभाका लागि पहिलो निवार्चीत सांसद
२०४८ सालदेखि हालसम्म निरन्तर महासमीती सदस्य
२०५१ सालमा पराजित स्वतन्त्र निवार्चन लड्दा पराजीत
२०५६ सालमा निवार्चीत सांसद तत्कालीन प्रयटन मन्त्री भिम रावललाई करिव ५ हजार मतान्तरले पराजीत कम उमेरमा सबैभन्दा बढी उम्मेदवारको छबि
२०५५ सालमा सुचाना तथा राज्यमंन्त्री १० महिना
२०६४ सालमा संबिधान सभाको निवार्चनमा शेर बहादुर कुँवरसँग पराजित
२०७८ सालमा नेपाली कांग्रेसको १४ महाधिबेशनमा केन्द्रीय सदस्य निवार्चीत

बैदेशिक यात्रा

-अमेरिका ,बेलायत, फ्रान्स,जर्मनी,चाईना ,उत्तर कोरीया दक्षीण कोरीया,सिङ्खापुर,चाईना, थाइल्याण्ड मलेसिया लगायताका देशमा राज्यको नेतृत्व गर्दै

जेल जीवन

-डोटीमा नेपाल बिद्यार्थी संघको अधिबेशनमा डोटी बहुमुखी क्याम्पसको सभापति हुदाँ
-अछाममा सुरत बुढा हत्याकाण्डको बिरोध गर्दा स्व गिरीजा प्रशाद कोइराला र हालका प्रधानमन्त्री शेर बहादुर देउवा माथी आक्रमण
२०४२ सालको सत्याग्रहको क्रममा केन्दीय कारागारमा ९ महिना बढी जेल ,
२०४६ सालको जनआन्दोलन परिचान गर्दा जेल ,आन्दोलन सफल भई बहुदलको घोषणा पछि अछाम कारागारबाट मुक्त

केन्दीय समीतीमा निवार्चीत भएपछि अछाममा मात्र नभई सिङ्गो देशमा नेपाली कांग्रेसलाई आम नेपाली माझ लोकप्रीय र जनताको पार्टी बनाउने जिम्मेवार अवसर प्राप्त भएको हुदाँ यो सुनौलो अवसरको भरपुर प्रयोग गर्ने नव निवार्चीत केन्दीय सदस्य गोबिन्द्र शाहले बताए ।

तपाईको प्रतिक्रिया