Advertisement
SKIP THIS
ट्राफिक प्रहरी जवान साउद सहित तिन जना प्रहरी पुरस्कृत

टीकापुर :अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका ट्राफिक प्रहरी जवान देबेन्द्र बहादुर साउँदसहित तिन जना प्रहरी पुरस्कृत भएका छन ।

कार्य सम्पादन मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीनजना ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको हो ।

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार जीवन सिंह भण्डारी र प्रदेश ट्राफिक प्रहरी प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी जवान भुपेन्द्र बहादुर साउँद समेत पुरस्कृत भएका हुन् ।

प्रहरी हवल्दार जीवन सिंह भण्डारी असोज महिनाको प्रदेशकै उत्कृष्ट भएका हुन् । भने अस्थायी ट्राफिक प्रहरी पोष्ट टिकापुरमा कार्यरत प्रहरी जवान देबेन्द्र बहादुर साउँद कार्तिक र प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी जवान भुपेन्द्र बहादुर थापा मंसिर महिनाको प्रदेशकै उत्कृष्ट ट्राफिक घोषित भएका हुन् ।

उनीहरु तीनै जनालाई बुधबार प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक बामदेब गौतमले अवार्ड र नगद पुरस्कार प्रदान गरेका हुन् ।

ट्राफिक प्रहरीलेपनि बिगतका वर्षहरुदेखि कार्य सम्पादन मुल्यांकनका आधारमा पुरस्कृत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया