डाेटि: डोटीमा नागरिक संस्थाहरूको जिल्ला स्तरीय मञ्च सचिदान्नद जोशी रहने गरि गठन गरेकाे छ। कार्य समितिमा जिल्लामा रहेका संस्थाका पदाधिकारी mpds बाट बन्दना बम, मानवअधिकारका लागि महिला एकल महिला समुहबाट लक्ष्मी देउवा बम, EDC बाट अधिराज वि. सी, FEDE बाट योगेश मल्ल, गैरसरकारी महासंघ बाट तिर्थराज भट्ट,NNDSWO बाट शंकर विस्वकर्मा, शुशासन नेपाल बाट हर्क बहादुर बिक,सोर्स नेपाल बाट नरेश बहादुर बम,USSBM बाट डम्बर सिं डौडी, लालिगुराँस एकता समाज बाट अरूणा भण्डारी र CDC बाट टंक प्रसाद जोशी गरि सदस्यमा रहेका छन् ।

जिल्ला तथा पालिका स्तरमा स्थानिय सरकारसँग उपेक्षित पिक्षडा वर्गकाे सवाल सम्बोधनका लागि सहकार्य समन्वय र नागरिक संलग्नता अभिवृद्धिका लागि उचित वातावरण सृजना गर्ने उदेश्यले नागरिक समाज संस्थाहरूको जिल्ला स्तरीय समिति गठन गरिएको हो ।
जिल्लामा रहेर कार्य समितिले प्रभावकारी कार्य गर्नुपर्ने गैससका सदस्य तिर्थराज भट्टले बताए । आफूले जिल्लाका नागरिक समाज संस्थाहरूको संयोजकको जिम्मेवारीको पूर्ण रूपमा पालना गर्ने सचिदान्नद जोशीको भनाइ रहेको छ । उनले नागरिक समाजका लागि समितिका सबै सहभागीहरूले एक्यवद्धता भएर लाग्नुपर्ने समेत जोशीले जानकारी गराए।
युएसएआइडी (USAID)साझेदारी संघीयता सहयोग अन्तर्गत कार्यक्रम सिलगढीमा सम्पन्न भएको हाे।कार्यक्रमकाे सहजिकरण (USAID) साझेदारी कार्यक्रम का शान्ति मगर, मेनुका शाहि,राजु नेपाली ले सहजिकरण गरेका थिए ।










