Advertisement
SKIP THIS
पत्रकारले आचारसंहिता भित्र रहेर समाचार लेख्नुपर्छ, काउन्सिल अध्यक्ष बस्नेत

निराकरण सम्वाददाता अछाम :प्रेस काउन्सिलका अध्यक्ष  बालकृष्ण बस्नेत पत्रकारहरुले समाचार लेख्दा आचारसंहिताको ख्याल गर्नुपर्ने बताए छन् ।

प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता पालना गरे नगरेको बिषयमा सधै निरीक्षण गरिरहेको बताउदै आचारसंहिता पालन नगर्ने सञ्चार गृह र पत्रकारलाई कारवाहि समेत गरेको बताए ।

शनिबार अछाम जिल्लामा पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रमा प्रमुख अथितिबाट बोल्दै उनलेे पत्रकारको बृति हुन नसकेको हुदाँ पत्रकारीताको बिकास गर्न काउन्सिल तयार रहेको बताए ।

कहिले पत्रकारले नजानेर समेत आचारसंहिताको उलङ्घन गरेका हुदाँ त्यस्ता पत्रकारलाई काउन्सिलले जानकारी गराउने गरेको बताए ।

काठमाडौं दर्ता भएका मिडियालाई राष्ट्रिय अनि स्थानीय स्तरमा दर्ता भएका मिडियालाई स्थानीय भन्ने गरेको बताउदै , तिनै केन्द्रीय मिडियाले आचारसंहिताको बढी उलङ्धन गरेको बताए ।

पत्रकार आचारसंहिताले पत्रकारलाई कानुनी कारवाहि नभई
पत्रकार आफैं सचेत हुनुपर्नेमा उनले जोड दिएका थिए । सबै क्षेत्रमा प्रबेशको एउटा माध्यम भएको तर पत्रकारीता क्षेत्रमा प्रबेशको कुनै मापदण्ड नभएको हुदाँ निश्चित मापदण्ड तयार पार्नेकाम चाण्डै सुरूगरीने काउन्सिलका अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया