निराकरण सम्वाददाता अछाम:जिल्ला निवार्चन कार्यालय अछामले सरकारी कर्मचारीहरुलाई राजनितीकदलको सदस्य तथा पदाधिकारीको सुचीबाट हटाउन निर्देशन दिएको छ ।

शुुक्रबार एक पत्र लेख्दै जिल्ला निर्वाचन कार्यालय अछामले निर्वाचन आयोग नेपालको पत्र अनुसार राजनितीक दल सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा २ को खण्ड ग बमोजिम नेपाल सरकारका सबै कर्मचारीलाई राजनितीक दलको सदस्य तथा पदाधिकारीको सुचीबाट हटाउन निर्देशन दिएको छ ।
यदी कसैले एन बिपरित गरे प्रचलित सेवा सम्वन्धी कानुन अनुसार कार्वाही हुने जिल्ला निवार्चन अधिकारी कृष्ण सिंह नायकद्धारा हस्ताक्षीत पत्रमा भनेको छ ।
पत्र हेनुहोस्











