Advertisement
SKIP THIS
खिचडी पकाउन माधव नेपाल एमालेबाट अलग्गीय : भीम रावल

अछाम :नेकपा एमालेका नेता भीम रावलले गृह जिल्ला अछाममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन्। 
अछामको साँफेबगरमा कार्यकर्ताहरुलाई बुधबार सम्बोधनका क्रममा उनले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर निहुँ खोज्दै माधव नेपालले फेरि खिचडी पकाएको बताए।

‘माधव नेपालले १५ वर्ष पार्टी नेतृत्व गरे। तर अझै त्यसले पनि पुगेको रहेनछ। १५ वर्ष पार्टी चलाउँदा पनि नपुगेर नयाँ खिचडी पकाउन हिँडेका छन्’, उनले भने, ‘जब १५ वर्षसम्म पार्टीको नेता हुँदा पनि पुग्दैन भने खिचडी चाखेर पनि अघाउँदैनन्।’ 

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने पनि बताएका छन्। 

रावलले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबबहादुर देउवाप्रति पनि कटाक्ष गरे।

पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवालाई नपुगेको बताउँदै रावलले कुनै पनि समयमा प्रधानमन्त्री भएर सम्झिन नसक्ने एउटा पनि काम नगरेको टिप्पणी गरे। 

तपाईको प्रतिक्रिया