Advertisement
SKIP THIS
अब जिल्ला प्रशासन कार्यलय अछामबाटै राष्ट्रिय परिचय पत्र र फोटो सहितको मतदाता पनि

अछाम : अछाम जिल्लामा जिल्ला प्रशासन कार्यालय बाटै फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता हुने भएको छ ।

भाद्र १ गते देखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयबाट पनि फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

यसअघि जिल्ला निर्वाचन कार्यालय अछामबाट मात्रै मतदाता नामावली संकलन र दर्ता भईरहेकोमा सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाटै मतदाता नामावली संकलन तथा दर्ता कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।

उनका अनुसार नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन आउने नागरिकले अव सोही दिन फोटो सहितको मतदाता नामावली पनि दर्ता गर्न सक्नेछन् ।

फरक फरक ठाँउमा हुदाँ सेवाग्राहीलाई असह र कहिलेकाँही छुट्ने भएकाले पनि नागरिकता वितरण, राष्ट्रिय परिचय पत्र र मतदाता नामावलीको काम एकैसाथ एकैस्थानबाट सुरु गरिएको अधिकारी तिमल्सैनाको भनाई छ ।

तपाईको प्रतिक्रिया