Advertisement
SKIP THIS
वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न

निराकरण सम्वाददाता अछाम:वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमको परिचयात्मक कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको छ।

पिछडिएका तथा पछि परेका महिला तथा बालबालिकाको सामाजिक, आर्थिक क्षेमता बृद्धि विकास गर्ने उद्धेश्यले कार्यक्रम संचालन गर्न लागिएको हो।वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा भएको परिचयात्मक कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष लाल बहादुर खड्का रहका थिए ।प्रमुख अतिथि खड्काले कार्यक्रमको उद्धेश्य राम्रो रहेकाले आफूहरु वडाबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताए ।

परिचयात्मक कार्यक्रममा वडा सदस्य शेर बहादुर बि.क. नेकपाका भुपेन्द्र बहादुर महता, नेपाली कांग्रेसका गोपाल बि.क. नेकपा माओवादी केन्द्रका राधिका देवि महता, घुघुरकोट स्वास्थ्य चौकीका इञ्चार्ज बम प्रसाद भट्ट, घुघुरकोट माध्यामिक विद्यालयका शिक्षक कम्मान सिंह खड्का, वाक नेपालका कार्य समिति सदस्य छत्रमान ताम्राकार, वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका अधिकृत सत्य स्वार, सशक्तिकरण सहजकर्ता कमला कुँवर, पार्वती पुनमगर महिला स्वास्थ्य स्वयम सेविका लगाएतको सहभागिता रहेको थियो।

परिचयात्मक कार्यक्रमको संचालन सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका सहजकर्ता अप्सरा बुढा महताले गरेकी थिईन।

तपाईको प्रतिक्रिया