Advertisement
SKIP THIS
कुलमान घिसिङ फेरि आउदै विद्युत प्राधिकरणमा यस्तो छ तयारी

काठमाण्डौ:सरकार फेरबदल भएसंगै फेरि कुलमान घिसिङलाई विद्युत प्राधिकरणको नेतृत्व सुम्पिने चर्चा चलेको छ। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फर्किने चर्चा सुरु भएको हो।

तत्कालीन समयमा घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदा ऊर्जा मन्त्रालयको जिम्मेवारी माओवादीसंग थियो। अहिलेका अर्थमन्त्री जनार्दन शर्मा तत्कालीन समयमा ऊर्जामन्त्री थिए। अहिले ऊर्जामन्त्री माओवादी केन्द्रबाट पम्फा भुसाल भएकी छिन्।

माओवादीले उर्जामन्त्री पाएसंगै घिसिङलाई फेरि प्राधिकरणमा ल्याउने तयारी भइरहेको ऊर्जा मन्त्रालयकै अधिकारी बताउन थालेका छन्। घिसिङले गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका थिए। त्यसबेला ऊर्जामन्त्री रहेका वर्षमान पुनले घिसिङको कार्यकाल थप गर्न खोजेका थिए भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली उक्त प्रस्तावमा सहमत नहुँदा घिसिङ कार्यकारी निर्देशकबाट बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया