डोटी:डोटी जिल्लाका तिन स्थानिय तहमा रहेको बाल विकास देखि कक्षा ५ सम्मका १५८६ जना विद्यार्थीलाई स्व अध्ययन सामग्री वितरण गरिएको छ ।
सामुदायिक विकास केन्द्र डोटी र वल्ड भिजन इन्टरनेशनल नेपाल साझेदारीमा संचालन गरिएको कभर २ परियोजना ले पुर्विचौकि गाँउपालिका वडा १ र २ मा ९४३ र जना र सायल गाँयपालिका वडा ४ र ५ मा ४७६ जना र आर्दश गाँउपालिका वडा १ मा १६७ गरि जम्मा १५८६ वाल विकास देखि ५ कक्षा सम्मका परियोजनामा दर्ता र अन्य विद्यार्थी लाई सामग्री प्रदान गरेको परियोजना संयोजक टंक जोशीले जानकारी दिए।
कोभिडको समयमा विद्यालय बन्द रहेको र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएकाले उनीहरु को सिकाई निरन्तरका लागी सामग्री वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
वाल विकास देखि ५ कक्षा सम्मका विद्याथी प्रदान गरिएको उक्त सामग्रीमा किताब, कपि, सेन्सील, इरेजर, साईनपेन , सापनर सबै विद्यार्थी लाई प्रदान गरीएको छ । ५,७०० भन्दा बढि बालबालिका लाई स्वअध्ययन सामग्री वितरण योजना रहेको र वितरण कार्यक्रम जारी रहेको छ।सामुदायिक विकास केन्द्र डोटीका सुचना अधिकारी एकराज बडुले जानकारी दिए।










