Advertisement
SKIP THIS
झोलाबाट सञ्चालन हुदै अछामको नयाँ शहर कार्यालय

निराकरण सम्वाददाता अछाम:अछामको साफेबगरमा रहेको नयाँ शहरको कार्यालय साँफेबगरमा भएपछि संचालन भने झोलामा हुदैँ आएको छ ।

२०७७ जेठमा आएका नयाँ आएका कार्यलय प्रमुख मान परियार डोटीबाट अछामको कार्यलय सञ्चालन गरिरहेका छन। सरकारले ठूला शहरी क्षेत्र तराई तथा कृषि योग्य उपत्यकामा हुन सक्ने बसाइँ सराइलाई नियन्त्रण गर्ने, त्यस क्षेत्रबाट अन्यत्र बसाइसराइ गरेका परिवारलाई आकषिर्त गर्ने, कृषि पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास एवं प्रवर्द्धन गरी आर्थिक क्रियाकलाप गर्ने सरकारको लक्ष्यका साथ स्थापना भएको अछामको साफेबगरमा रहेको नयाँ शहरको बेजोग भएको छ ।

कार्यालय प्रमुख मान परियार अछाम जिल्लाको साँफेबगरमा रहेको कार्यालयमा बस्नु पर्ने भएपछि डोटीको दिपायल बस्दै आएका छन ।उनले डोटीबाटै कार्यालय सञ्चालन गरिरहेको आरोप लाग्ने गरेको छ । अछाम बस्नु पर्ने कार्याृलय प्रमुख डोटी छन् एक कर्मचारीले भने उनले नयाँ शहरको कार्याालय झोलाबाट संचालन गर्दे आएका छन् ।

उनि पाहुना तथा पर्यटकका जसरी अछाम आउने छन । आर्थिक बर्ष २०७७÷७८ मा नयाँँ शहरले गरेका योजनाको भुक्तानीहरुको लागि आयोजनाका कर्मचारीहरु झोलामा फाईल हालेर डोटी गएर काम गराईरहेका छन् ।

यता सदन शहरी तथा भवन कार्यलय डोटीमा कार्यारत समेत रहेका मान परियारले भने बिभागले आफुलाई नयाँ शहर साफेबगरको जिम्मेवारी दिएको डोटीबाट सुदूरका अन्य पहाडी जिल्ला हेनुपर्ने भएकाले नियमीत नयाँ शहरको कार्यलय साफेबगर आउन नसक्ने प्रतीक्रीया दिए ।

सरकारले आर्थिक वर्ष २०६७÷७८ देखि मध्यपहाडी राजमार्ग अन्र्तगत अछामको साँफेबगर, पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तिबाङ, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन, प्यूठानको भिंग्री र सुर्खेतको भेरीगंगालाई मध्य पहाडी राजमार्ग अन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने लक्ष्य राखेको हो ।

तपाईको प्रतिक्रिया