Advertisement
SKIP THIS
लैगींक हिंसा,मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध सचेतना मुलक कार्यक्रम बान्नीगढीमा सम्पन्न

निराकरण सम्वाददाता अछाम:समाजमा रहेका कुरीती,कुप्रथा ,लैगींक हिंसा,मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध सचेतना मुलक कार्यक्रम बान्नीगढी जगगढ गाउँपालीकामा सम्पन्न भएको छ ।

बान्नीगढी जगगढ गाउँपालीका महिला बालबालीका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा बान्नीगढी जगगढ गाउँपाली वडा नं १ देखि ६ सम्मका महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमा प्रशिक्षकको भुमीकाबाट बोल्दै जयगढ प्रहरी चौकीका इन्चार्ज रमेश दत्त भट्टले समाजमा हुने कुरीती,कुप्रथा ,लैगींक हिंसा,मानव बेचबिखन तथा ओसार पोसार जस्तामा कार्य रोक्न सबैले लाग्गु पर्ने बताए ।

समाज यस्ता घटना प्राय महिलामा घट्ने हुदाँ महिला दिदी बहिनीलेहरुले चनाखो हुनुपर्ने बताए । समाज यस्ता घटना घटेमा नजीकको प्रहरीको सहयोग लिन आग्रह गरे । प्रहरी जहिले पनी कानुुनको रक्षक भएकाले कानुन बिपरित कार्य गर्ने जो कोहीलाई पनी कानुनको कटघरमा ल्याउने बताए ।
महिलाहरुलाई बिभीन्न किसीमका आर्थिक प्रलोवनमा पारेर बेच्नेहरु लागि परेका हुदाँ त्यस्ता प्रलोभनमा नपर्न,त्यसो प्रलोभन देखाएमा त्यो सिधै गलत मनसायले भनेको हुदाँ प्रहरीलाई खबर गर्न इन्चार्ज रमेश दत्त भट्टले आग्रह गरे ।

यस्ता कार्यक्रमा आफुले सिकेका कुरा गाउँ घरमा गयर अन्य दीदी बहिनीलाई समेत भन्न इन्चार्ज रमेश दत्त भट्टले अनुरोध गरे । कार्यक्रमा वाक नेपालका उपाध्यक्ष बल बहादुर केशीले समेत सहभागीलाई प्रशीक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया