Advertisement
SKIP THIS
मनसुनबाट हुन सक्ने क्षतिबारे सचेत रहन मेल्लेख गाँउपालिका अध्यक्ष बोहराको अनुरोध

अछाम:जिल्लाको मेल्लेख गाँउपालिका अध्यक्ष लोक बहादुर बोहराले देशभर मनसुन सक्रिय भई अत्याधिक बर्षाका कारण जहाँ त्यहि बाढी पहिरो आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

उनले अछाम जिल्लाका विभिन्न ठाँउहरुमा बाढी पहिरोको जोखिम रहेको भन्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेका हुन् । अध्यक्ष बोहराले जोखिम भएका ठाँउमा नजान, पहिरो आउन सक्ने ठाँउबाट टाढा बस्न र चनाखो हुन सबैलाई आग्रह गरेका छन् ।

मेल्लेखमा पनि बिभिन्न ठाँउमा पहिरोको जोखिम भएकाले भिरोलो ठाँउ तथा गाईबस्तु चराउने ठाँउमा पहिरो जान सक्ने भएकाले सचेत रहनुपर्ने उनको भनाई छ । यस्तै उनले राष्टिय बिधुत प्रसारणका लाईन नजिक नजान समेत अनुरोध गरेका छन् ।

आजभोलीको मौसमले पोल ढलेर बिधुतका तार चुडिएर जमिन तथा रुखमा छोईएको हुन सक्ने भन्दै सर्तक रहन अध्यक्ष बोहराले आग्रह गरेका छन् ।

बाढी पहिरो आए वा बिधुतका पोल ढलेको भए, तार चुढिएको भए तत्कालै वडाध्यक्ष तथा आफुलाई खबर गर्न उनले आग्रह गरेका छन् । बिपत् न्यूनिकरणका लागि सबैले सजग र सचेत हुनुपर्ने बिपत् रोकेर रोक्न नसकीने हुदाँ बिपदले पार्ने जोखिम न्युनीकरण गर्न सबैले सहयोग गर्न उनको अनुरोध छ ।

तपाईको प्रतिक्रिया