डोटी:सम विकास केन्द्र डोटीले शिखर नगरपालिका डोटीको स्थापना भएको आइसोलेशन तथा होम आइसोलेशनका लागि वुधवार स्वास्थ्य सामग्री र अन्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना रोकथामका लागि डिसिए, एस डव्लु सिको आर्थिक सहयोगमा सहयोगमा सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण भएको सामग्रीमा आइसोलेशनका लागि मेडिकल वेड दस थान, पि पि सेट बीस थान, पल्सअक्सोमिटर ५ थान, थर्मल गन २ थान, सर्जिकल माक्स १२ पाकेट, ह्याण्ड ग्लोव्स दस पाकेट, हेन्डसेनिटाइजर पाँच सय एम एल, इलेक्ट्री वाटर हिटर १ थान, हात धुने सावुन चौसठ्ठी थान लगायत हस्तान्तरण गरेको हो ।
त्यसैगरी होम आइसोलेशनकालागि सर्जिकल माक्स २ सय अठासी पाकेट, सेनिटाइजर २ सय अठासी पाकेट, थर्मोमिटर २ सय अठासी थान र सेनेटरी प्याड २ सय अठासी वटा हस्तान्तरण गरिएको सम विकास केन्द्र डोटीका अध्यक्ष अधिराज विसिले वताए ।साकार परियोजना अन्तर्गत आइसोलेशन तयार भएको स्थानिय तहमा हस्तान्तरण गर्ने लक्ष्यअनुसार सहयोग गरिएको अध्यक्ष विसिले वताए ।
कोरोना रोकथाम गर्नकालागि सम विकास केन्द्र डोटीले सहयोग गरेको स्वास्थ्य सामग्रीले नगरपालिकामा स्थापना भएको आइसोलेशन तथा नगरपालिकाका होम आइसोलेशनमा वसेका सवैलाइ ठूलो राहात पुग्ने वताए । सम विकास केन्द्र डोटीले हस्तान्तरण गरेको सामग्री ५ लाख १६ हजार ४ सय चपन्न रुपैया वरावरको सहयोग गरेको हो ।










