रमेश पुरुष अछाम: जनज्योति नेपाली समाज भारत द्वारा विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था संगै न्याय हेल्थ नेपाल ( बयालपाटा अस्पताल ) लाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ ।
पिपिइ सेट २० पिस , सर्जिकल माक्स २००० पिस , हात धुने साबुन १०० पिस , मेडिसिन ३८ पिस , सेनिटाइजर १००० लिटर सहयोग गरिएको हो ।
उक्त सामाग्रीहरु नेकपा एमाले वडा कमिटी देवीस्थान अछाम का अध्यक्ष राम बहादुर बोहरा र सचिब कमल ओडबाट बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठक लाई हस्तान्तरण गरिएको छ।जनज्योति नेपाली समाज भारतले बिगत र हाल सम्म समस्यामा परेका जुनसुकै बर्ग र समुदाय लाई सहयोग गर्दै आइरहेको छ।










