निराकरण सम्वाददाता अछाम :अछाममा बिहिबार दोस्रो लहरको कोरोनालाई ७५ जनाले कोरोना जितेका छन ।
जिल्लाका बिभिन्न स्थानिय तहका ७५ जनाले बिहिबार कोरोना जितेका स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय अछामका अनुसार अछाममा हालसम्म दोस्रो लहरको कोरोनाबाट २ हजार ४७ जना संक्रमित भईसकेका छन ।
यस्तै १ हजार ४ सय ७५ ले दोस्रो लहरको कोरोना जित्दा अझै ५ सय ५६ संक्रीय कोरोना संक्रमित रहेका रहेका छन ।










