निराकरण सम्वाददाता अछाम :दोस्रो चरणको कोरोना भाइरस फैलिएपछि बान्नीगढी जयगढ गाउँपालीकाले द्रोस्रो पटक समुदाय स्तरमा कोरोना परिक्षण गर्ने भएको छ ।
गाउँपालीकाले एक सुचना जारी गदै यहि जेठ ११ गते बिहान १० गाउँपालीकाको वडा नं ५ कालीका र वडा नं ६ दर्नाका लागि बिन्ध्बासीनी माध्यमिक बिधालयमा कोरोनाको लक्षण सँग मिल्दो जुल्दो भएकाहरुले स्वाव दिनको लागि आउन अनुरोध गरेको छ ।
यस्तै वडा नं १ गाज्रा २ जनालीकोट ३ बरदादेवि र ४ तिमील्सैनका कोरोनाको लक्षण सँग मिल्दो जुल्दो भएकाहरुले यहि ११ गते दिउसो ३ बजे जयगढ स्वास्थ्य चौकीमा उपस्थीती भएर स्वाव दिन सकिने गाउँपालीका निमीत्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले बताए ।