Advertisement
SKIP THIS
अछाममा शुक्रबार थप १२२ जनामा कोरोना पुष्टि

निराकरण सम्वाददाता अछाम :अछाम जिल्लामा शुक्रबार थप १२२ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लाको कमलबजार नगरपालिकाले स्थापन गरेको पिसिआर प्रयोगशाला पछिल्लो २४ घण्टामा १सय ४४ जनामा गरिएको परिक्षणमा थप १सय २२ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

कोरोना पुष्टि हुनेमा मंगलसेन नगरपालिका ८,९,१०,११,१२र १४ का १४ महिला ४५ पुरुष गरी ५९ साफेबगर नगरपालिका ४,७,८ र १४ का १५ महिला १७ पुरुष गरी ३२ रहेका छन् । यस्तै रामारोशन गाउँपालीका ६ का १२ महिला १२ पुरुष गरी २४ र कमलबजार नगरपालिका १र ५ का ७ पुरुष रहेका प्रयोगशालाले जनाएको छ।

तपाईको प्रतिक्रिया