निराकरण सम्वाददाता अछाम:बैंक लघुबित्त तथा बिमा कम्पनीको सयुक्त संघठन बिएफआई कल्ब साफेबगरले महालक्ष्मी विकास बैंक साँफेबगर अछाम शाखामा सुरक्षा गार्ड पदमा कार्यरत कर्मचारी चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने निवाशी स्व. प्रेम बहादुर बोहराको परिवारलाई क्रिया खर्च वाफत नगद २० हजार १ सय एक रकम उपलब्ध गराएको छ।
मंगलबार क्लवका अध्यक्ष तथा नेशनल लाईफ इन्स्योरेन्स क.लि. साफेबगर शाखा प्रमुख दिपक बहादुर खड्का तथा कर्मचारी हेमराज जोशी , क्लबका बरिष्ठ उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंक लिमिटेड. साँफेबगर शाखाका प्रबन्धक पुनित शाह, क्लबका सदस्य तथा मेरो माइक्रो फाईनान्सका शाखा प्रमुख नवीन शाह , क्लबका सदस्य तथा नाडेफ लघुबित्त शाखा प्रमुख जितेन्द्र शाह , क्लबका कोषाध्यक्ष तथा प्राईम लाईफ इन्स्योरेन्स शाखा प्रमुख धनसरा शर्मा , क्लबका सचिब तथा लक्ष्मी लघुबित्त शाखा प्रमुख हिमाल सिंह बिष्ट , क्लबका सदस्य तथा स्वाबलम्बन लघुबित्त शाखा प्रमुख निर्मल कुमार बोहरा ,क्लबका उपाध्यक्ष तथा साग्रिला बैंक शाखा प्रमुख ज्ञानेन्द्र खड्का लगाएतको उपस्थितिमा उनको स्व बोहराको परिवारलाई क्रिया खर्च उपलब्ध गराईएको हो।
साफेबगरमा संचालित बैंक ,लघुबित्त तथा बिमा कम्पनिका कुनै पनि कर्मचारीलाई आउने समस्यालाई केही भएपनी मल्हम लगाउने उदेश्यले बिएफआई कल्ब स्थापना भएको थियो ।
कल्बको सोही उदेश्य अनुरुप सहयोग गरिएको कल्ब
अध्यक्ष तथा नेशनल लाईफ इन्स्योरेन्सका शाखा प्रबन्धक दिपक बहादुर खड्काले बताए ।









