Advertisement
SKIP THIS
अछाममा शुक्रबार ८१  जनामा कोरोना संक्रमण पुष्टि:  मंगलसेनका मात्रै ७६

निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा शुक्रबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९६ जनामा गरिएको परिक्षणमा २८ महिला ५३ पुरुष गरी ८१ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा मंगलसेन नगरपालिका वडा नं ३,४,५,६,११र १३ का ९० जनाना गरिएको परिक्षणमा
२५ महिला ५१ पुरुष गरि ७६ जना कोरोना पुष्टि भएको हो ।

यस्तै बान्निगढी जयगढ गाउँपालीका ४ का २ महिला र १ पुरुष कमलबजार नगरपालीका १ का १ पुरुष र साफेबगर नगरपालिका ७ का १ महिला रहेको प्रयोगशालाले जनाएको छ।

तपाईको प्रतिक्रिया