Advertisement
SKIP THIS
कोरोनाबाट नेपालमा एकैदिन २२५ जनाले ज्यान गुमाए

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

२० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। हाल ४४८ जना संक्रमित क्वारेन्टारइनमा छन्। 

यस्तै कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो।

याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।

तपाईको प्रतिक्रिया