Advertisement
SKIP THIS
अछाममा शुक्रबार ९६ जनामा परिक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि

निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९६ जनामा गरिएको परिक्षणमा १७ महिला ४४ पुरुष गरी ६१ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा साफेबगर नगरपालीका १ र ७ का ६ महिला १२ पुरुष गरि १८जना,मंगलसेन नगरपालिका १,३,५,८,१० का ४ महिला १३ पुरुष गरि १७ जना रहेका छन ।

यस्तै मेल्लेख गाउँपालीका १र ३ का ४ महिला ७ पुरुष गरि ११ जना चौरपाटी गाउँपालीका १,२ र ४ का २ महिला ६ पुरुष गरि ८ जना कमलबजार नगरपालिका १र २ का १ महिला ५ पुरुष गरी ६ जना र राममरोसन गाउँपालीका ४ का २३ बर्षिय पुरुष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया