Advertisement
SKIP THIS
अछाममा बिहीबार ५६ जनामा कोरोना पुष्टि , मेल्लेखका मात्रै ५३ जना

निराकरण सम्वाददाता अछाम:अछाममा कोभिड १९ को दोस्रो लहरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा १७ महिला ३९ पुरुष गरि ५६ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा सबै भन्दा बढी मेल्लेख गाउँपालीकाका वडा नं ५ ,७ र ८ का५३ जना रहेका प्रयोगशालाले जनाएको छ।

मेल्लेख गाउँपालीकाका ९२ जनामा परिक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै कमलबजार नगरपालिका २ का २६,२६ बर्षिका १ महिला र पुरुष ,साफेबगर नगरपालिका ७ का २९ बर्षिय पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया