Advertisement
SKIP THIS
अछाममा भेन्टिलेर र आईसीयु सञ्चालनका लागि ल्याइएका उपकरण ४ महिना देखि थन्कीए

निराकरण सम्वाददाता अछाम:सरकार जिल्ला अस्पताल अछामलाई कोभिड अस्पताल भनेर सञ्चालन गरेपनी गम्भीर प्रकृतीका कोरोना संक्रमीतलाई राखेर उपचार गर्नुपर्ने भेन्टिलेर र आईसीयु सञ्चालका लागि ल्याइएका उपकरण ४ महिना देखि थन्कीएका छन् ।

भेन्टिलेर र आईसीयु सञ्चालका लागि उकरण पठाए पनी सञ्चालनको लागि आवश्यक जनशक्ती नपठाउँदा ४ महिना देखि सञ्चालका लागि उकरण थन्कीएका जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले बताए ।

हाल अछाममा गम्भीर प्रकृतीका कोरोनाका बिरामीलाई भेन्टिलेर र आईसीयुमा राखेर उपचार गनुपर्ने भएता पनी कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पतालमा आएका बिरामीलाई रेफेर गर्नुपर्ने अवस्था रहेको छ ।

भेन्टिलेर र आईसीयु सञ्चालका लागि छुटै बिषशज्ञ,ल्याब सहित दक्ष जनशक्तीको मात्र नभई आवश्यक मात्रामा चाहीने अक्सीजनको समेत अभाव रहेको निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले बताए ।

यता प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले भने सञ्चालनका लागि ल्याईएका भेन्टिलेर र आईसीयुमा उपकरण थन्काउन नुहुेन भन्दै सञ्चालनका लागि पहल गरिने बताए । अछाम जिल्लामा कोरोनाका मात्रै नभई अन्य प्रकृतिका भेन्टिलेर र आईसीयुमा राखेर उपचार गर्नु पर्ने बिरामी समेतलाई कैलाली सहित अन्य भेन्टिलेर र आईसीयु भएका अस्पताल रिफर गर्नुपर्ने अवस्था रहेको छ । हाल जिल्लामा ४१ जना कोरोनाका सक्रीय संक्रमित रहेका स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

तपाईको प्रतिक्रिया