काठमाडौं :सरकारले कोरोना संक्रमण बढ्दै गएपनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा कतिपय जिल्लाबाट आवतजावत गर्न नागरिकलाई सहज हुने विश्लेषणका साथ हवाइ उडानमा कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ ।
उनका अनुसार हवाइ यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइ पूर्वक पालना हुनुपर्ने छ भने सोको निगरानी सम्बन्धित निकायले गर्नेछ । तर प्रतिकूल अवस्था आए जुनसुकै बेला यसबारे थप निर्णय गर्न सकिने उनको भनाइ छ । यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द नगर्ने भएको छ ।









