Advertisement
SKIP THIS
जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एकजना पक्राउ

कैलाली:जबरजस्ती करणी गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा–१ झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो ।

चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया