अछाम:भारतमा डुबेर अछामका एक युवकको मृत्यु भएको छ।
अछामको कमलबजार नगरपालिका वडा नः ८ ढाँकु पास्तोली निवासी पहराम बिस्टका १६ बर्षिया छोरा मोहन बिस्टको भारतको महाराष्ट्रमा पानीको तलाउमा डुबेर मृत्यु भएको मृतकका आफन्त खकेन्द्र बिष्टले जानकारी दिए।
शुक्रबार दिउँसो ४ बजे पानीको तलाउमा डुबेर ज्यान गएको बिष्टले बताए । लकडाउन पछि कोठामै बस्दै आएका बिष्ट आफ्नो कोठा नजिकै रहेको पानीको तलाउमा पौडि खेल्डा डुबेर मृत्यु भएको हो।