अछाम :बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको छ । बयालपाटा अस्पतालमा कार्यरत २७ बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
संकास्पद लक्षण देखिएपछि एण्टीजेन जाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए । उनका अनुसार थप एक जना बिरामीलाई समेत कोरोना पोजिटभ देखिएको छ ।
एकजना पुरुषमा पनि कोरोना देखिएको हो । यस्तै एकजना थप संकास्पद बिरामी समेत भर्ना रहेका डा. पाठकले बताए । उनको अहिले एण्टीजेन जाँच गरिने बताए ।
बिश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रमण बढेसंगै नेपालमा पनि संक्रमणको दर दिनदिनै बृद्धि भईरहेको छ ।