तारामान खड्का अछाम: १ करोड बढी खर्च गरेर स्थापना गरिएको अछाम जिल्लाको एकमात्रै कोरोना परिक्षण प्रयोगशालामा स्वाव नहुँदा महिनौ देखि परिक्षण रोकिएको छ । जिल्लाको कमलबजार नगरपालीकाले स्थापना गरेको प्रयोगशालामा महिनौ देखि स्वाव नहुदँ परिक्षण रोकिएको हो ।
दोस्रो चरणको कोरोनाले महामारीको रुप लिरहेको छ। हाल मुस्कीलले १ २ जनाको कोरोना परिक्षण हुने गरेको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए । सुदूरपश्चीका नाकाबाट नेपाल फर्कनेमा १० प्रतिशत जतिमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । यसरी भारत बाट नेपाल आउँनेमा अछाम जिल्लाका समेत रहेमा छन । भारतबाट कति अछाम आए यसको तथाङ्क कसैसँग छैन।
सम्वन्धीत निकाय बेखबर
अछाम जिल्ला भारत सहित अन्य मुलकबाट अछाम कती आए यसको तथाङ्क कसैसँग छैन। जिल्लाका स्थानिय तह समेत उदास बनेका छन । भारत बाट आएका सिधै घरमा आउने गरेका छन । घरमा आएर समेत उनिहरु गाउँमा डुल्ने गरेका छन। नाकामा परिक्षण गर्दा एन्टी जेन्ट र पिसिर परिक्षण गर्दा पोजेटिभ देखिएकालाई धनगढीमै रोक्ने गरेको तर जिल्ला भित्रनेको हाल सम्म कुनै जानकारी नराखिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए । प्रमुख जिल्ला अधिकारी मल्लका अनुुसार स्वास्थ्य कार्यलय संँग छलफल गरि अछाम भित्रने नाकामा हेल्प डेक्स सञ्चालन गरिने बताए ।
कोरोना परिक्षण गर्न प्रयोगशाला तयार
कोरोना परिक्षण गर्न प्रयोगशाला पुर्ण रुपमा तयार रहेको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्ट बताउछ । प्रयोगशालामा कोरोना परिक्षण गर्नको निम्ती ४ जनाको टिम पुर्ण रुपमा तयार रहेको उनको भनाई छ । कुनै बेला अछाम सहित बाजुरा दैलेखबाट कोरोना परिक्षणको लागि स्वाव आउने प्रयोगशालामा अहिले स्वाव आउनै छोडेको छ ।
भारतमा दैनिक २ लाख भन्दा बढी कोरोना संक्रमण
भारतमा कोरोनाभाइरस संक्रमणको स्थिति खराब हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ रेकर्ड २ लाख १६ हजार ६४२ जना संक्रमित भएको पाइएको छ । पछिल्लो वर्ष संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो अवसर हो । यस दौरान १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने १ हजार १८२ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख कटेको छ । त्यहाँ १५ लाख ६३ हजार ५८८ संक्रमितको उपचार भइरहेको छ । विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् ।
स्वास्थ्य कर्मीलाई चीन्ता
भारतमा कोरोना भयाभव हुदाँ भारतमा रहेका नेपाली धमाधम घर फर्कीएरहेका छन , भारतबाट आएका हरुमा कोरोना संक्रमणको जोखिम अत्याधिक रहेको छ । अछामका स्थानिय तह बेखबर मात्रै होइन भारतबाट आएका हरु समेत गैर जिम्मेवार हुदाँ अछाममा कोरोनाले भयाभव रुप लिने दिन टाढा नरहेको कमबजार प्रयोगशालाका सूचना अधिकारी तथा कमलबजार नगरपालीका हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्ट बताउछन ।