Advertisement
SKIP THIS
नेपालमा पहिलो पटक सुविधा मैत्रि बसबाट छिमेकको डिजिटल बित्त तथा ब्यवसायिक साक्षरता कार्यक्रम

निराकरण सम्वाददाता अछाम:छिमेक लधुबित्त बित्तिय सस्था लिमिटेड साफेबगर द्वारा नेपालमै पहिलोपटक सुविधा मैत्रि बसबाट सारक्षरता युवा बयस्कको लागि डिजिटल बित्त तथा ब्यवसायिक साक्षरता कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ।

शाखा अन्तर्गत गठित बिभिन्न समुहका सदस्यहरुलाई अत्याधुनिक सुविधा मैत्रि बसबाट डिजिटल बित्त तथा ब्यवसायिक साक्षरता कार्यक्रम गरेको हो।बसमा तालिम हल भित्र हुने ,प्रोजेक्टर , एसि सहित आरामदायी बस्ने ब्यवस्था लगायतका अन्य ब्यवस्था रहेको छ।

बित्तीय सचेतनाको अभियान समृद्ध यात्राको पहिचान भन्ने मुल ध्येका साथ छिमेक लधुबित्त बित्तिय सस्था लिमिटेडले देशका १ सय ५१ बढी स्थानमा शाखा बिस्तार गरि सेवा प्रदान गरिरहेको छ ।

तालिमले पैसा सम्वन्धि ज्ञान , पैसाको सहि सदुपयोग गरि ब्यासायिक सफलता प्राप्त गर्न सारक्षरता युवा तथा बयस्कको लागि डिजिटल बित्त तथा ब्यवसायिक साक्षरता तालिम सञ्चालन गरिएको छिमेक लधुबित्त बित्तिय सस्था लिमिटेड साफेबगरका शाखा प्रमुख देबेन्द्र थापाले बताए ।

तपाईको प्रतिक्रिया