Advertisement
SKIP THIS
आठ लाख कारोना डोज खोप लिन चीनको राजधानी बेइजिङ पुग्यो, निगमको जहाज

काठमाडौं:चीनले अनुदानमा दिने कोरोनाविरुद्धको आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ। जहाज आइतबार साँझ साढे ५ बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ।

कोभिड–नाइन्टिनको खोप लिएर निगमको वाइड बडी ए ३ सय ३० जहाज सोमबार बिहान काठमाडौँ फर्कने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। चीनले अनुदानमा दिने आठ लाख डोज खोप चीनको राजधानी बेइजिङ आइपुगेको छ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोपस्वीकार गर्ने निर्णय गरेको थियो। सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत कोरोना खोपलिन निगमको जहाज बेइजिङ जान लागेको हो।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

 

तपाईको प्रतिक्रिया