शंकर थापा अछाम:मौसम परिवर्तन, गर्मीयाम बढ्नु तथा अस्वस्थकर खानेकुराका कारण अछामका विभिन्न ठाउँमा बिरामीको संख्या बढ्न थालेको छ । समुदायमा बिरामीको संख्या बढ्नु तथा विद्यार्थीहरु नै बिरामीको चपेटामा परेपछि अछामका विद्यालय प्रभावित हुन थालेका छन् ।
समुदायका व्यक्ति तथा विद्यार्थी बिरामी पर्न थालेपछि जिल्लाको बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको ऐश्वर्य माध्यामिक विद्यालय ४ दिनका लागि बन्द गरिएको छ ।
विद्यालयमा विद्यार्थिमा एक्कासि आज्ञात देखिएपछी चैत्र १६ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।
बिगत एक सातादेखि दैनिक जसो विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, वान्ता गर्ने, टाउको दुख्ने, एक्कासी मुर्छा पर्ने लगायतका लक्षण देखिएपछि बान्नोगढी जयगढ गाउँपालिका, वडा सरकार, स्वास्थ शाखा, विद्यालय व्यावस्थापन समिति र अभिभावकको समन्वयमा चैत्र १२ गतेदेखि १६ गते सम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर थापाले बताए ।
विद्यार्थीहरुमा देखिएको रोगको लक्षण कम नभएपछि र बिारामी बढ्दै गएपछि सबैको समन्वयमा विद्यालयको आन्तरिक प्रशाशनिक तथा कार्यालयीय काम मात्रै सञ्चालन गर्ने गरी पठपाठन बन्द गरिएको प्रधानाध्यापक थापाको भनाई छ ।
विद्यालयमा रोग देखा परेपछी दर्ना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलिले चेकजाँच सहित बिरामीको उपचार समेत गरेको छ । स्वास्थ्यकर्मिको टोलिले विद्यालयमै गएर उपचार सहीत चेकजाँच गर्नुका साथै आवश्यक औषधिको समेत व्यवस्था गरेको छ ।
यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले विद्यालयका विद्याथीहरुमा एक्कासी यस्तो रोग देखापरेको खबर आउना साथ उनीहरुको उपचारका लागि स्वास्थ्य शाखा मार्फत आवश्यक र उपलब्ध औषधिको व्यवस्थापन गरी पठाएको जानकारी दिए।
पालिकाले भ्याए सम्म गर्न सक्ने सहयोग र समन्वय गर्दै रोग नियन्त्रणका लागि पहल गरिने बताए ।साथै उहाँले विध्यार्थीहरुलाई नआत्तिन, स्वाथ्यकर्मीको सुझाव अनुसार स्वस्थ व्यबहार गर्न आग्रह समेत गर्नु भयो ।
यस अघि अछामको मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुमा भाईरस ज्वरोको प्रकोप बढेपछि कालिका माध्यामिक विद्यालय पनि फागुन १७ गतेदेखि २१ गतेसम्म बन्द गरिएको थियो ।
यो बर्ष हिउँदमा पानी नपरेको, एक्कासी गर्मी बढेको र मौसम परिवर्तनको समय भएकाले स्वास्थ्य तथा सरसफाईमा ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।