निराकरण सम्वाददाता अछाम:चाैरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जनसमुदायलाई प्रविधिमैत्री हुनु पर्नेमा जाेड दिनु भयाे । अाज चाैरपाटी गाउँपालिका वडा नं ४ पायलमा ब्यक्तिगत घटना दर्ता अनलाईन शुभारम्भ कार्यक्रममा बाेल्दै अध्यक्ष साउदले गाउँपालिकालाई छिटाे छरिताे तथा पार्दशि कार्य गर्न अनलाईन ब्यक्तिगत घटना दर्ताबाट शुभारम्भ गरिएकाे बताए ।
अध्यक्ष साउदले गाउँपालिकाले सुशासन पारदर्शिताका लागि सामाजिक सुरक्षा बैँकिंग प्रणाली मार्फत भत्ता वितरण, ई-हाजिरी, ई -सिफािरस लगायतकाे कार्यकाे सुरुवात गरेकाे बताउनु भयाे । उहाँले अागामि दिनमा गाउँपालिकाले हरेक गतिविधि अनलाईन मार्फत सुरुवात गर्दै पेपरलेस गाउँपालिकाकाे परिकल्पना गरेकाे समेत बताए ।
स्थानिय जगदिश राज जाेशी र कमला जाेशीका नवजात शिशु सुपुत्री अाकृती जाेशीकाे जन्मदर्ता नवजात शिशुका अामालाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष साउदले अनलाईन ब्यक्तिगत घटना दर्ताकाे शुभारम्भ गर्नु भएकाे हाे ।
वडा नं ४ का वडा अध्यक्ष हर्क लाेहारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष अमर कुँवर, बैजनाथ माविका प्रधानाध्यापक शम्भु कुँवर, एम अाई एस अपरेटर कालु सिंह बाेहराले मन्तब्य राख्नु भएकाे थियाे । वडा सदस्य सुरत कुँवरले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रमकाे सञ्चालन वडा सचिव टंक प्रसाद जाेशीले गर्नु भएकाे थियाे ।