बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनमा व्यक्तिगत घटना दर्ता अनलाइन शुभारम्भ
निराकरण सम्वाददाता अछाम :व्यक्तिगत घटना दर्ता अनलाइन शुभारम्भ कार्यक्रम अन्तरगत बान्नीगढी जयगढ गाउँपालिका वडा नं ४ तिमिल्सैनमा सम्पन्न भएको छ।
मंगलबार एक कार्यक्रमका बिच बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको प्रमुख अाथित्यमा वडा नं ४ तिमिल्सैनमा कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रम बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले हिजो दिनमा हातले लेख्दा त्यो कागजातलाई तोडमोड गरी गलत गर्ने पाईएको हुदा अब अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गर्दा गलत गर्ने प्रवितिको अन्त हुनेमा बिश्वास ब्यक्त गरे।
गाउँपालिकाले प्रवधि प्रयोगलाई गाउँपालिकाले आत्मसात गरेको बताए। अवका दिनमा बान्नीगढी जयगढ गाउँपालिकामा व्यक्तिगत घटना दर्ता ढड्डा प्रक्रियाको अन्त भएको बताए ।
जनताका आवश्यकता पहिचान गरि बजेटको बिनियोजन गरेको,आगामी दिनमा पनि निरन्तर गरिने एक्लै जनप्रतिनिधिले केही गर्न नसक्ने हुदा सबैको साथ सहयोगमा मात्रै समृद्धि बन्ने गाउँपालिका अध्यक्ष खड्काले बताए ।
तिमिल्सैना भएको कार्यक्रम बोल्दै कार्यक्रम तथा वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाले हातले लेख्ने परम्पराको अन्त गरिएको बताए । ब्याक्तीगत घटना स्वयम अभिभावक उपस्थित हुनुपर्ने , कर्मचारी समेत क्षमता अभिबृदि गर्न वडा कार्यलय सदैव तयार रहेको बताए ।
सधै नयाँ काम कसरी गर्न सकिन्छ भन्ने बारे गाउँपालिका र वडा कार्यलय सधै तयार रहेको, कुनै पनि काम भोलि नभई आजै गर्नुपर्नेमा वडा अध्यक्ष ठकुल्लाले बताए ।
कार्यक्रम अथितीको आसनबाट बोल्दै जिल्ला बिकास समिति अछामका पुर्व सदस्य तिलक ठकुल्लाले गाउँपालिकाले नमुना गाउँपालिका बनाउन विभिन्न प्रयास गरेकोमा धन्यवाद ब्यक्त गरे । प्रवधि मानिसको एउटा अङ्ग नै बनिसकेको हुदा आगामी दिन समेत नयाँ काम हरूले थालनी गर्न उनले आग्रह गरे।
कार्यक्रम मार्फत पहिलो घटना दर्ता जीवन बोहराको जन्म दर्ताको प्रमाणपत्र उनका बुवा खकेन्द्र बोहरालाई गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाले सयुक्त रुपमा प्रदान गरेका थिए ।