निराकरण सम्वाददाता अछामः बान्नीगढी जयगढ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले अहिले समेत महिला राज्य सबै ठाउँमा पछाडि परेको हुदा यस्ता समाजिक अभियान अझै हुनुपर्ने बताए ।
१११ औं नारी दिवसको अवसरमा बान्निगढी जयगढ गाउँपालिकामा महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा र अन्तरपाटी महिला सञ्जाल अछामको आयोजना गरेको देउडा प्रतियोगिता कार्यक्रममा अथितीको आसन बाट बोल्दै उनले सो कुरा बताए ।
भाषणमा बोलेका कुरा कार्यन्वयन गरे मात्रै महिलाले न्याय पाउने अधिकार प्राप्तिका लागि महिलाहरु नै अगाडि बढ्नु पर्ने उनले बताए ।महिला हरुले बिभीन्न बाहनामा ज्यान गुमाउनु परेको हुदाँ यस्ता अपाराधिक क्रियाकलाप रोक्न सबैले हतामालो गर्दै अगाडि बढ्नुमा उनको जोड थियो ।
महिला हरु घर चुलो मेला पातमा समेत असुरक्षित भएको हुदाँ महिला हरु नै सशक्त भएर लाग्नु पर्ने बताए । अधिकार लिदा पनि एकलप्टी नभई सहकार्य समन्वयन गरेर लिनु पर्ने बताए। संविधानले नै महिलाका अधिकार सुनिश्चित गरेको हुदाँ महिला हरु नै अगाडी सर्नु पर्ने बताए ।