निराकरण सम्वाददाता अछाम: १११अौं नारी दिवसको अवसरमा देउडा प्रतियोगिता बान्निगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ।
बान्निगढी जयगढ गाउँपालिकामा महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा र अन्तरपाटी महिला सञ्जाल अछामको आयोजना देउडा प्रतियोगिता सम्पन्न भएको हो ।
देउडा मार्फत महिलाले आफ्ना पीडा पोखेका थिए । कार्यक्रम सहभागी टिमले निर्मला पन्तका बलात्कार तथा हत्यारा सरकार नै भएको , सरकारका कारण कयौं महिला ,चेलिले निर्मला पन्त बनेका देउडा गित मार्फत पीडा पोखेका थिए।
देउडा कार्यक्रममा प्रथम वडा ५ कालिकाका महिलाको देउडा खेल दृतिय वडा २ जनालिकोट त्रित्रृय वडा १ गाज्रा र सान्तोना वडा नं ३ वर्दादेबिका महिलाको देउडा खेल भएको थियोे ।
प्रमुख अथितिको आसन बाट बोल्दै बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले यो कार्यक्रम महिलाका कुरा राख्ने मञ्च भएको बताए , अब सबै महिला दिदी बहिनी शसक्त हुन आवश्यक रहेको बताए ।
महिला हिंसा न्युनिकरण गर्न महिला ईमान्दारका साथ सक्रिय भएर लाग्नु पर्ने उपाध्यक्ष साउदले जोड दिए। संविधानको संरक्षक महिला राष्ट्रपति भएको हुदा अन्य महिलाले समेत आफ्नो विकास गर्दै जादा महत्त्वपूर्ण पदमा पुग्न सक्ने बताए ।
कार्यक्रम बोद्दै बान्निगढी जयगढ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले अहिले समेत महिला राज्य सबै ठाउँमा पछाडि परेको हुदा यस्ता समाजिक अभियान अझै हुनुपर्ने बताए ।
भाषणमा बोलेका कुरा कार्यन्वयन गरे मात्रै महिलाले न्याय पाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । अधिकार प्राप्तिका लागि महिलाहरुनै अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रम बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले महिला दिवसको अवरमा दिनु भएको शुभकामना सन्देश पढेर सुनाईएको थियो । कार्यक्रमको ब्यबस्थापन बान्निगढी जयगढ गाउँपालिकामा महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अप्सरा कुवरले गरेकि थिईन।
अन्तरपाटि महिला संञ्जाल बान्निगढीकि अध्यक्ष रेबन्ति ठकुल्ला साउदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बान्निगढी जयगढ गाउँपालिका वडा नं ३ वर्दादेवीकि वडा सचिव दुर्गा बोगटिले गरेकि थिईन।