Advertisement
SKIP THIS
मौलिक गीत अवार्ड गायिका रेखा जोशीलाई

सुदुरपश्चिमकी चेली गायिका रेखा जोशीले उत्कृष्ट मौलिक गीत अवार्ड पाउन सफल भएकी छिन् !

नुवाकोटमा सम्पन्न दोस्रो नाटेश्वर म्युजिक अवार्डमा उनले नुवाकोटमा सम्पन्न दोस्रो नाटेश्वर म्युजिक अवार्डमा उनले ‘लै लै’ देउडा गीतबाट उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी हुन् ।

लै लै’ देउडा गीतबाट उत्कृष्ट मौलिक गीत
उनले सामाजिक संजाल फेसबुकमा ६ बर्ष गित गाएको परिश्रमले मेरो पहिलो अवार्ड भनेर लेखेकी हुन् ।

‘नुवाकोटमा ‘लै लै’ देउडा गितबाट उत्कृष्ट मौलिक गित गायिकाको अवार्ड पाउन सफल भएकि छु । हजुरहरुको साथ सपोर्टले थप उर्जा मिलेको छ ।

आगामि दिनहरुमा पनी तपाइको मायाँ पाईरहने छु’ उनले भनिन्विशेष गरेर यो गितका गायक टंक तिमिल्सिना, सर्जक हर्क साउँद, मोडेल अभिषेक खड्का र सोनिका रोकाया लाई सम्झिदै गितको अडियो भिडियो सम्पुर्ण टिम लाई धन्यवाद ! साथै नाटेस्वर म्युजिक अवार्ड आयोजक टिम लाई पनि धेरै धेरै धन्यबाद ।’ उनले फेसबुकमा लेखेकी छिन ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी जोशी पछिल्लो समय आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउँद आएकी हुन् ।

उनले ६ बर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिईसकेकी छिन ।जोशीले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलो पटक स्वर दिएकी थिईन ।

 

तपाईको प्रतिक्रिया