Advertisement
SKIP THIS
सुचना केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

खेमराज ओझा अछाम :जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्नामा सञ्चालन भईरहेको पञ्चदेवल युवा सूचना केन्द्र र चौरपाटी गाउँपालिका -६, दुनीमा रहेको जुनतारा युवा सूचना केन्द्रलाई सामग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा वाक नेपाल अछामद्वारा सञ्चालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा सामग्री प्रदान गरिएको हो ।

स्थानीय सरकार र परियोजनाको संयुक्त समन्वयमा स्थापना भएका सूचना केन्द्रको थप सुदृढिकरण र क्षमता विकासका लागि युवा सूचना केन्द्रलाई सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेन अछाम जिल्ला परियोजना संयोजक प्रतिमा कुवँरले बताईन। त्यसै गरी सो परियोजनाको सहयोगमा चौरपाटी गाउँपालिकालाई कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्री पनि हस्तारण गरीएको छ ।

२ लाख ११ हजार ५ शय ३२ रुपैँयाको सामग्री सहयोग हस्तान्तरण गरिएको छ । पञ्चदेवल अनुरा युवा सुचना केन्द्रको सामाग्री हस्तान्तरणमा वडा अध्यक्ष कृष्णबहादुर कडायतले सेभ द चिल्ड्रेन, वाक नेपाल, मालिका बिकास,संग लगायत संघ सस्था हरुले युवा हरुको क्षमता बिकास का लागि महत्त्वपूर्ण योगदान गरेको बताए।

उनले आगामि दिनमा पनि युवाहरुलाइ सक्षम बनाउन सहयोग को अपेक्षा गरेको उल्लेख गरे । पञ्चदेवल अनुरा युवा सुचना केन्द्रले जिल्लामा नै नमुना काम गर्दै आइरहेको बताउदै आवश्यक परेमा सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया