Advertisement
SKIP THIS
कोरोनाले धरानमा एक पुरुषको मृत्यु

धरान : कोरना संक्रमणको कारण सुनसरीको धरान उपमहानगरपालिकाका वडा नम्बर १५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको छ। शनिबार मध्यान्न १२:१५ बजे उनको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानको मेडिसिन विभिाग प्रमुख डा. संजिवकुमार शर्माले जानकारी दिए।

हप्तादिन अगाडि कोरोना संक्रमण देखिएका मृतकको शुक्रबार राति मात्र प्लाज्मा थेरापी गरिएको थियो। मृतकलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी हबल्दारले ए पोजिटिभ समुहको रगत दान गरेपछि प्रतिष्ठानका चिकित्सकले प्लाज्मा चढाएका थिए। स्वास प्रस्वासमा गम्भीर समस्या देखिएका उनलाई बचाउन हर प्रयास गर्दा पनि नसकिएको डा. संजिव शर्माले बताए।

चारदिन अगाडि पनि धरान १५ कै ७१ वर्षीय वृद्धाको कोरोनाकै कारण मृत्यु भएको थियो। उनको धरानको चारकोसे जङ्गलमा दाहसंस्कार गरिएको थियो। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मृतकको शनिबार नै दाहसंस्कार गर्ने व्यवस्थापन भैरहेको बताएका छन्। उनले धरानमा कोरोना संक्रमण समुदाय स्थरमा फैलिएको भन्दै सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन र संक्रमित र संक्रमितहरुको परिवारलाई सम्मानजनक व्यवहार गर्नसमेत अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया