Advertisement
SKIP THIS
पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले जारी गरेको सूचना अनुसार दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दोलखाकी संक्रमित महिला भदौ २ गते देखि अस्पतालमा उपचाररत थिइन । त्यसैगरी सर्लाही मलंगवाका पुरुष साउन ३१ गते बाटै पाटन अस्पतालमा उपचाररत थिए ।

तपाईको प्रतिक्रिया