Advertisement
SKIP THIS
महाकाली नदीमा पौडी खेल्ने क्रममा अछामको बुढाकोटका मनिश कुँवर बेपत्ता

कञ्चनपुर:महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । मंगलबार साँझ भीमदत्त नगरपालिका-११ नजिकै पौडी खेल्ने क्रममा अछामको साँफेबगर नगरपालिका-९ बुढाकोटका २५ वर्षीय मनिश कुँवर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा आठौं सेमेस्टरका विद्यार्थी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार स्थानीय र सुरक्षाकर्मीले कुँवरको खोजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया