Advertisement
SKIP THIS
अछाम १ मा समानुपातिक मत गन्दा एमाले भन्दा अगाडि रास्वपा

अछाम:अछाम क्षेत्र नं १ मा अहिलेसम्म समानुपातिक मत गन्दा एमाले भन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ।साँफेबगर नगरपालिका, चौरपाटी,मेल्लख र बान्नीगढी जयगढ गाउँपालिका सम्मको मत गणना हुदाँ एमाले भन्दा रास्वपा अगाडि देखिएको छ।

हालसम्मको मतको नेपाली कांग्रेस ७ हजार ९ सय ८६ मत सहित पहिलो रहेको छ,भने ६ हजार ९ सय ३९ मत सहित नेपाली कम्युनिस्ट पार्टी दोस्रो र रास्वपा ४ हजार ३ सय २७ सहित तेस्रोमा रहेको छ।यस्तै ४ हजार १ सय ६८ मत सहित एमाले चौथोमा रहेको छ।

अहिले मेल्लेख गाउँपालिकाको मत गणना भईरहेको छ।प्रत्यक्षको निर्वाचनमा भने एमाले ८ हजार ३ सय ८९ सहित तेस्रो भएको थियोे भने रास्वापाका उम्मेदवार १ हजार ७ सय ३९ मत ल्याएर चौथो भएका थिए ।

तपाईको प्रतिक्रिया