अछाम:प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ को मतगणना आज बिहानदेखि सुरु हुने भएको छ।
सबै ४२ ओटा वडाकामा रहेका मतदान केन्द्रमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जनाएको छ।
मतगणना अघि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र सर्वदलीय बैंठकको निर्णय अनुसार मतगणना सुरु हुने तयारी गरिएको छ।









