अछाम:अछामको रामारोशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता माथि नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन।
बिहिवार जिल्लाको रामारोशन गाउँपालिका ५ चाैकामा चुनाव प्रचार–प्रसारमा खटिएको राष्ट्रिय स्वतन्त्र पार्टिको गाडीमाथि नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले रोकेर रास्वपाको झण्डा च्यातचुत पारिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी रामारोशनले जनाएको छ।नेपाली कम्युनिस्टका कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा र राष्ट्रिय च्यातिदिएको र सवारी साधनमा तोडफोड, गालीगलौज, धम्की तथा आतंकित पार्ने काम गरेको रास्वपा रामारोशन सचिव छत्र खनालले बताए ।
आफुहरु गाडिमा गएर घण्टी बजाउदै घरदैलो गरिरहेका बेला भिम रावलका कार्यकर्ताले गाडि रोकि झण्डा च्यातिदिएको तथानाम गालि र धम्की दिएको घटनास्थलमा संलग्न व्यक्तिहरूले “भीम रावल को आदेश हो, जाऊ जाऊ साथी गाडी तोडफोड गर” भन्ने अभिव्यक्ति दिएको प्रत्यक्षदर्शी समेत रहेका सचिव खनालले बताए । दुई पक्ष बिच लफडा भईरहदा भिम रावल समेत चौकामा कार्यक्रम स्थलमा रहेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार रास्वपा कार्यकर्ता घरदैलो गर्दै घण्टी बजाउँदै गएका र भिम रावल सहभागी नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता हाम्रो कार्यक्रम बिथोल्न आएकोे भन्दै सामान्य बिवाद भएको बताए ।









