Advertisement
SKIP THIS
निर्वाचन नजिकिँदै ,भिम रावलाई चुनौती थपिदै ,पुर्व राज्यमन्त्री सहित ७५ बढी नेपालीका नेता कार्यकर्ता एमाले प्रबेश

अछाम:फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा अछाम क्षेत्र नम्बर १ को राजनीतिक माहोल झनै तातिएको छ।निर्वाचन नजिकिँदै गर्दा आफ्नै पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा फर्किएपछि रावललाई चुनौती थपिएको छ।

उनीहरूले सामूहिक राजीनामा दिँदै “घर” फर्किएको बताएका छन्।२०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिक उम्मेदवार बनेकी साउँद पछि नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य बनेकी थिइन्। नेकपा एकीकृत समाजवादी रहँदा उनी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री थिइन् ।

उनले मुलुकको समृद्धि र विकास एमालेबाट मात्रै सम्भव हुने निष्कर्षसहित पुनः एमालेमा फर्किएको बताएकी छन्।

एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा ले पूर्व राज्यमन्त्रीसहित प्रभावशाली नेता–कार्यकर्ता पार्टीमा फर्कनु एमालेका लागि सकारात्मक सङ्केत भएको बताए।

तपाईको प्रतिक्रिया